संसदमा अध्यादेशको विरोध हुने देखेपछि प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन बैठक
काठमाडौं । सत्तारुढ दलहरुबाटै सरकारले ल्याएको अध्यादेशको विरोध हुने देखेपछि प्रधानमन्त्री केपी ओलीले सत्ता गठबन्धन दलहरुको बैठक बोलाएका छन् ।
अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले भोलि माघ १४ गते साँझ ५ बजे बालुवाटारमा बैठक राखेका हुन्। संसद बैठक आगामी माघ १८ गते दिउँसो १ बजे बोलाइएको छ।
बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ।
सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन काङ्ग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन्।
यही कुरा बुझेका ओलीले विश्वासमा लिन बैठक राखेका स्रोतको भनाइ छ।
प्रतिकृया दिनुहोस