• २०८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025

सभामुख भेट्न सिंहदरबार छिरे रवि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन् ।

सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर