• २०८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025

ओलीको दाबी:'काम गर्ने हुटहुटीका कारण अध्यादेश ल्याएको हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुधारको हुटहुटीले अध्यादेश ल्याइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश भनेकै संसद् नभएका बेला ल्याउने हो भनेर प्रतिरक्षा गरेका हुन् । 

'केही साथीहरूले सोधिरहनु भएको छ- संसद् छलेर किन अध्यादेश ल्याएको हो ? अध्यादेश ल्याउने भनेकै संसद् नचलेकै बेला हो,' प्रधानमन्त्री ओलीले भने । सुधारको हुटहुटीले संसद् अधिवेशन आउन्जेल कुर्न नसक्ने भएकैले अध्यादेश ल्याइएको पनि ओलीको भनाइ छ । 'एकातिर प्रक्रिया एकातिर नतिजाका लागि अध्यादेश ल्याइएको हो,' उनले भने ।

प्रधानमन्त्री ओलीले संसद्‍मा विरोधभन्दा पनि गुण र दोषका आधारमा अध्यादेशका बारेमा छलफल हुनुपर्ने बताए । उनले भने, 'इस्यु आधारमा छलफल गरौँ । यसलाई अस्वीकार गर्ने, थपघट गर्ने वा जस्ताको त्यस्तै पारित गर्ने भन्ने संसद्को कुरा भएको हो ।'

अध्यादेशको प्रतिरक्षा गर्दै प्रधानमन्त्री ओलीले भने, 'तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत् संशोधन गरिएका छन् । अध्यादेशमार्फत एकै पटक यी कानुन संशोधन गरिएपछि, मिडियाकै शव्द सापटी लिएर भन्छु– सुशासन र व्यवसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको छ । यसबाट अब,सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने छ ।'

ओलीले प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै सरकार बदलिइरहने अवस्थाको अन्त्य भएको बताए ।

आफू प्रधानमन्त्री भएको ६ महिनामा संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको यो सुखद पक्ष भएको बताए ।

‘सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुंगामा चलाउने र मुलुक एवं जनतालाई तिस्कार गर्दै सत्ताको पत्ता खेलिरहने विद्रुप स्थितिमा बन्ध्याकरण भएको छ,’ उनले भने, ‘संसद्‍बाट बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौ ।’

महिनायता संसदीय राजनीतिमा देखिएको एउटा सुखद सन्दर्भ भन्न चाहन्छु, सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्कै डुङ्गा चलाउने अनि मुलुक र जनतालाई तिरष्कार गरेर सत्तापत्ता खेलिरहने विद्रूपमा बन्ध्याकरण भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा बारम्बार विश्वासको मत लिनुपर्ने तामाबाट मुक्त भएको बताएका छन् । प्रधानमन्त्री ओलीले देश र जनताको मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल मिलेको दाबी गरेका हुन् । उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर