• २०८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025

संसद संचालनबारे पहिलाे दिन नै सभामुखप्रति माओवादीको गुनासाे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा संचालनका विषयमा सभामुख देवराज घिमिरेको शैलीप्रति ध्यानाकर्षण गराएका छन् । 

संसद संचालनको परम्परा तोडेर सभामुखले कार्यसूची तय गर्नुअघि कार्यव्यवस्थामा छलफल नै नचलाएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिदा प्रधानमन्त्रीले बोलेपछि ठूलो दलको हिसावले नेपाली कांग्रेस दलका नेता र त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न दिनुपर्नेमा नेकपा एमालेका सांसद योगेश भट्टराईलाई बोल्न दिएपछि प्रमुख सचेतक पाण्डेले सभा संचालनबारे पहिलो बैठकमा नै असन्तोष प्रकट गरेका हुन् ।

संसदको अधिवेशनको पहिलो दिन दलीय आधारमा आफ्नो पार्टीको धारणा राख्दै उनले सरकारले संसदीय समितिमा छलफल भईरहेको विधेयक फिर्ता नै नगरिकन अध्यादेश ल्याएकोमा उनले विरोध गरे । यो प्रक्रियागत रुपमा त्रुटी हुने उनलको टिप्पणी थियो । 

सुशासनका मामिलामा पनि सरकारले भन्ने र गर्ने फरक भएको उनले दाबी गरे । 

नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयलाई सरकारले अघि बढाउन नसकेको, जनता महंगीको मारमा परेको, सहकारी पीडितको बचत फिर्ता अझै हुन नसकेको उनले बताए । 

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर