• २०८१ माघ २३ बुधबार
  • Wednesday, 5 February, 2025

पहिलो जितको खोजिमा नेदरल्यान्डस विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्धको त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा लगातार हारकाे सामना गरिरहेकाे छ । 

पहिलाे जितकाे खाेजीमा नेपालले अहिले पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपाली टोलीमा एलिसा कुमारी यादवको स्थानमा सीता रानामगरलाई ल्याइएको छ । एलिसाको स्थानमा रोमा थापाले विकेटकिपिङको जिम्मेवारी सम्हाल्ने छिन् । नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा सीताले ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् । 

तर उनलाई थाइल्यान्डविरुद्ध मंगलबारको खेलमा प्लेइङ ११ मा राखिएको थिएन् ।

तीन राष्ट्र सम्मिलित यस शृंखलामा नेपाल पहिलो चार खेलमा पराजित भइसकेको छ । नेदरल्यान्ड्सले नेपालविरुद्ध यस शृंखलाका दुई खेलमा क्रमशः २० र १५ रनको विजय हात पारेको थियो । तर नेदरल्यान्ड्सलाई थाइल्यान्डले दुई खेलमा पराजित गरिसकेको छ । 

थाइल्यान्डले शृंखलामा खेलेको चार खेलमा नेपाल र थाइल्यान्डविरुद्ध २–२ खेलमा विजय हात पारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर