स्कुल बस दुर्घटना हुँदा २ को मृत्यु, ४१ जना घाइते

काठमाडाैं । काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा दुईको मृत्यु भएकाे छ । अन्य ४१ जना घाइते भएका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेहरुको ट्रमा सेन्टर तथा कीर्तिपुर अस्पतालमा अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुगेका छन् ।
प्रतिकृया दिनुहोस