• २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025

पछि परेको खेलमा रियलले हरायो सिटीलाई

काठमाडाैं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को प्लेअफ खेलमा साविक विजेता रियल म्याड्रिडले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। 

मंगलबार राति सिटीको मैदानमा भएको पहिलो लेगको खेलमा रियल ३-२ गोलले विजयी भयो। खेलमा सिटीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन। 

खेलको १९ मिनेटमा हाल्यान्डको गोलबाट सिटीले खेलमा अग्रता लियो। ६० मिनेटमा रियलका लागि केलियन एमबाप्पेले बराबरी गोल फर्काउन सफल भए। 

फेरि ८० मिनेटमा हाल्यान्डले नै पेनाल्टीबाट गोल गर्दा सिटीले २-१ को अग्रता लियो। रियलले ८६ मिनेटमा डियाजको गोलबाट बराबरी गर्न सफल भयो।

रियलले रोमाञ्चक जित निकाल्ने क्रममा दोस्रो हाफको इन्जुरी समयमा गोल गर्‍यो। उसका लागि बेलिङघमले ९०+२ मिनेटमा गोल गरेका थिए। 

प्लेअफको दोस्रो लेग अब फेब्रुअरी १९ मा रियलको मैदानमा हुनेछ। 

पहिलो लेगमा रियलसँगै पिएसजी, युभेन्ट्स र बोरुसिया डर्टमन्ड विजयी भएका छन्। पिएसजीले ब्रेस्टलाई ३-० हरायाे । 

ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ तथा भिटिन्हाले १ गोल गरे ।

भिटिन्हाले २१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिताएका थिए । डेम्बेलेले खेलको ४५औं र ६६औं मिनेटमा गोल गरेका थिए । बाँकी समयमा कुनै टोलीबाट गोल नहुँदा पिएसजि खेलमा विजयी भयो ।

दोस्रो लेगको खेल आगामी २-० तारिखमा पिएसजीको घरेलु मैदानमा हुनेछ ।

 युभेन्ट्सले पिएसभीलाई २-१ र डर्टमन्डले स्पोर्टिङ लिस्बनलाई ३-० गोलले पराजित गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर