• २०८१ फाल्गुण १२ सोमबार
  • Monday, 24 February, 2025

प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुलासा

प्युठानमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ ।

मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले मृत फेला परेका दम्पत्तिको हत्या भएको खुलेको बताए ।

फागुन ९ गते राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्याल नेतृत्वको टोली खटिएको थियो।

अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको डीएसपी बस्यालले बताए ।

घटनाको अनुसन्धान जारी रहेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर