आइतबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ७०  हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९०  रुपैयाँमा कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४६ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८९ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर