• २०८१ फाल्गुण १२ सोमबार
  • Monday, 24 February, 2025

विरोध गर्ने कर्मचारी हटाउन ऊर्जा मन्त्रालयको ताकेता

काठमाडौँ । विभागीय मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र काटेको छ । 

दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले  मन्त्रालय र मन्त्रीकाबारे सामाजिक सञ्जालमा गैर जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले उनलाई सो जिम्मेवारीबाट तत्काल हटाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल गरी निर्देशन समेत भएकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१-११-८ को सविस्तारको निर्णयअनुसार अनुरोध छु, शाखा अधिकृत यत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर