सिन्धुपाल्चोक भूकम्प:एक कैदी घाइते

सिन्धुपाल्चोक । आज बिहानको भूकम्पमा भाग्न खोज्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी घाइते भएका छन् ।जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार चौतारास्थित जिल्ला कारगारमा पुर्पक्षको लागि थुनामा रहेका भोटेकोशी गाउँपालिका-५ का ३३ वर्षीय स्याङ्बो तामाङ भूकम्प आउँदा आत्तिएर दोश्रो तलाबाट हाम फालेका थिए ।
हाम्फाल्दा लडेर उनको हात भाँचिएको छ । तामाङको चौतारा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
मानव बस्तीभन्दा टाढा भएकाले त्यहाँ केही जोखिम नभएको उनको भनाइ छ । शुक्रबार बिहान प्रसिद्ध आमाछ्योमेन अर्थात् भैरवकुण्ड सहित सीमाक्षेत्रका गाउँदेखि बजारका स्थानीय फेरि भूकम्प आउने त्रासमा घरबाट बाहिर निस्किएर बसेका थिए ।
भोटेकोशी गाउँपालिका-३ का अध्यक्ष निमासोना शेर्पाले यहाँको तुसारेस्थित भीरमा सुख्खा पहिरो झरेपनि अन्यतिर दु:खद घटना नभएको बताए । यहाँका खण्डहर बनेका घर थप चर्किएका छन्, तर मानवीय र ठूलो क्षति छैन ।
प्रतिकृया दिनुहोस