• २०८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 4 March, 2025

नयाँ नेतृत्व चयन गर्दै नेमकिपा

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दै छ। 

पार्टीको विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको छ भने आज नयाँ नेतृत्व चयन हुने छ।

महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको बताइएको छ। 

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन्।

अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो। 

पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ।

सातौँ महाधिवेशनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। यो महाधिवेशनले पनि बिजुक्छेलाई नै अध्यक्ष चयन गर्ने सम्भावना छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर