संसदमा संसदमा उठाए प्रश्नः कुलमान हटाउन खाेजिए 'सडक र सदनबाट आन्दोलन गर्छौं'

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणाका कार्यकारी प्रमुख हटाउन खाेजेपछि संसदमा चर्काे विराेध भएकाे छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनको विषयलाई लिएर संसदमा विरोध जनाएको छ । आज प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनको शून्य अंक राखेको भन्दै विरोध गरेका हुन् ।
‘सरकारलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ । विद्युत् प्राधिकरण नाफामा गइरहेको समयमा कार्यसम्पादन मूल्यांकनको शून्य अंक रहेको मिडियामा आइरहेको छ’, उनले भने, ‘विद्युतलाई नाफामा लगिरहेको समयमा शून्य अंक के हो ? ठिक ढंगले विद्युत प्राधिकरणमा काम गरिरहेको समयमा शून्य अंक के हो ? आज, भोलि, पर्सी स्पष्टीकरण केहो ? सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
रास्वपाका सांसद मनिष झाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने बताएका हुन् ।
उनले भने, ‘कम्पनीलाई फाइदामा पुर्याउने कुलमान घिसिङ जस्तो मान्छेलाई हामी शून्यमा मूल्याङ्कन गर्छौं । उनलाई विभिन्न बहानमा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएनौं भनेर निष्कासनको बहाना गरिरहेका छौं । हामी खबरदार भन्छौं । एउटा कुलमानलाई लखेट्यौ भने हजारौं कुलमान ल्याउँछौं ।’
राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।
सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिएका हुन् ।
‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ, मन्त्रीपरिषद्को निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवै ठाउँबाट आवाज उठ्छ,’ सांसद शाहीले भने ।
दशरथ रंगशाला केपी ओली कपको समापन समारोहमा दर्शक कुट्ने आयोजकलाई कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस