मेयर बालेनको घरमा पुगे प्रचण्ड
2025-03-06-10-44-30.jpeg)
महोत्तरी । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको घरमा पुगेका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा अध्यक्ष प्रचण्डसहितको माओवादी नेताहरुको टिम महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर बालेनको पुर्खौली घरमा पुगेका हुन् ।
प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।
कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ।
माओवादीले अभियानको क्रममा सो क्षेत्रको कार्यक्रम नै मेयर बालेको घरमा आयोजना गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी ओलीले मेयर बालेनलगायत राजनीतिक बृत्तका नयाँ अनुहारहरुलाई कटाक्ष गरिरहेका बेला अध्यक्ष प्रचण्डले भने उनीहरुलाई बगैंचाका नयाँ फूलहरु भन्दै प्रशंसा गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस