ऊर्जामन्त्री र सत्तारुढ सांसदले गरे कुलमानमाथि प्रहार

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा बहस भएको छ । ऊर्जा मन्त्री दीपक खड्काले कुलमान हटाउनका लागि प्रमाणसमेत बोकेको भन्दै उनी पनि कानुन भन्दा माथिको नभएको बताएका थिए । कांग्रेसका सांसदले कुलमानलाई माओवादीको दलको नेता बनाउन सुझाव दिए ।
मन्त्री खड्काले भने, 'आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन्, नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३०० रुपैयाँमा सेयर बेच्दा के भन्लान जनताले। कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने?'
त्यस्तै उनले डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेको र घिसिङले २२ अर्ब नै नाफा देखाएको खड्काको आरोप छ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताउनुभएको छ ।
उनले कार्यसम्पादन मूल्यांकनमा सहभागी नभएको कारणले शून्य अंक दिएको पनि बताए।
‘यो भदौमा उहाँले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन। मूल्याङ्कन हुने कुरै भएन। भदौ व्यतित भइसकेपछि असोजमा उहाँलाई लिखित रुपमा स्मरण गराइयो। तपाईंले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो,' उनले भने, 'एकैचोटि पुसमा ल्याएर उहाँले आफैँले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिदिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ?'
यस्तै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाएका छन्।
‘एउटा कर्मचारीलाई लिएर दलीयकरण गरेर संसदको सम्पुर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई त लाज पनि लाग्यो। धेरै जना यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ, मन्त्री पनि हुनुभएको छ,' उनले भने, 'एकजना कर्मचारीका लागि दलीयकरण गरेर यो जग हसाउने काम नगरौँ। उहाँको देवत्वकरण पनि गरौँ। केही राम्रा काम पनि होलान्। केही नराम्रा पक्ष पनि होलान्। नेपालको कर्मचारी तन्त्र दुधले नुहाएको छैन। यो कुरामा क्लियर हुनुस्।’
प्रतिकृया दिनुहोस