• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

अभियान अचानक स्थगन गर्नुमा माओवादीले दियो यस्तो कारण

काठमाडौं । हुकाली मार्ग केन्द्रीत भएर मधेकका जनतालाई माओवादीसँग जोड्ने अभियानमा निस्किएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अचानक अभियान रोकेको छ । 

देशमा विषम परिस्थितिको उत्पन्न हुन लागेको आशंका गर्दै तत्काल काठमाडौंमा नै केन्द्रीत हुनुपर्ने भएकाले अभियान रोकेको माओवादी महासचिव देवप्रसाद गुरुङले समाचार दैनिकलाई जानकारी दिए । 

राजा ज्ञानेन्द्रकाे वक्तव्य अघिल्ला वर्षहरू भन्दा फरक रूपमा अाएकाे र राजावादीहरूले सडकमा अान्दाेलन बढाइरहेकाेे र भारतीय कतिपय उच्च अधिकारीहरूले यहीबेला नेपाल भ्रमण गर्नुलाइ माओवादीले संयाेग मात्रै नमानेकाे उनले बताए । 

'जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान' रोकेर पार्टी पदाधिकारी बैठक डाकेको छ। 

सामाजिक सञ्जालसहित सडकमा पनि राजाका समर्थकहरू उत्रिन थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न बैठक डाकिएको हाे । गुरूङका अनुसार आइतबार पदाधिकारी बैठक बस्नेछ। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'का स्वकीय सचिव गोविन्द आचार्यले तराईमा होली लागिसकेको र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नुपर्ने देखिएको अभियान पुन:सुरु गर्ने गरी स्थगित भएको जानकारी दिए। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर