• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

ज्ञानेन्द्र शाहको स्वागतलाई राप्रपा अध्यक्ष लिङदेनले किन बहिस्कार गरे ?

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नहुने भएका छन् । 

पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको जनाइएको छ ।

शाहीले अध्यक्ष स्वागत र्‍यालीमा सहभागी नहुने जानकारी दिएका छन् । 

‘अध्यक्षज्यु आज सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मा दिनु भएको छ,’ शाहीले भने ।

प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे अहिलेसम्म जानकारी नभएको बताए । ‘अध्यक्षज् युले केही भन्नु भएको छैन,’ उनले भने ।

राजावादी समर्थकहरु गौशाला र तीनकुने क्षेत्रमा भेला भएaर पूर्वराजा शाहलाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्ने छन् । 

त्यहाँबाट शाहसँगै र्‍याली निर्मल निवाससम्म पुग्नेछ । पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइँपछि आज दिउँसो काठमाडौं फर्किंदै छन् ।

राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले उनको स्वागतमा काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् । 

भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । साथै सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ ।

शाह पाेखरा वरपरका क्षेत्रमा १ साता रुपाकोट रिसोर्ट बसे । बाँकी समय माउन्ट ग्लोरी रिसोर्टमा बसेका हुन् । यसबीचमा उनले पोखराको विन्ध्यवासिनी मन्दिर, बागलुङ कालिका, गलेश्वरधाम, पोखराकै केदारेश्वर मन्दिरको दर्शन र पूजाअर्चना गरे ।

यसैगरी कुल मन्दिर आलमदेवीमा पनि उनले पूजा गरे । पोखराकै वीरेन्द्रचोकमा डेढ वर्षअघि निर्माण गरिएको पूर्वराजा विरेन्द्रको सालिक उनले अनावरण गरे ।पोखरा बसाइका क्रममा निकटस्थहरूसँग उनको संवाद भयो ।

यसैबिच शनिवार उनले शुभेच्छुकहरूलाई बिदाइ भोज दिएका छन् । माउन्ट ग्लोरीमै उनले भोज दिएका हुन् । 

भोजमा पोखरा र यस आसपासका धार्मिक संघ संस्थाका प्रतिनिधिहरूका साथै राजावादीहरुको उपस्थिति रहेको एक राजावादीले बताए । उनी ३ बजे पुरानो एयरपोर्टबाट प्लेन चढेर काठमाडौँ फर्किन लागेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर