• २०८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025

सानोठिमीमा क्रान्तिकारी र नेविसंघको साझा प्यानल, अध्यक्ष ठगुन्ना, सचिव कार्की र कोषाध्यक्षमा मानन्धर

भक्तपुर। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सानोठिमी क्याम्पसमा आगामी  चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि  प्रतिपक्ष माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र सत्तापक्ष निकट नेपाल विद्यार्थी संघको साझा गठबन्धन दर्ता भएको छ। 

गठवन्धनको सहमति अनुसार अध्यक्ष पदका लागि अखिल( क्रान्तिकारी) का नरेन्द्रसिंह ठगुन्ना र सचिवमा नेविसंघका दिक्पाल कार्कीले उम्मेदवारी दिएका छन। स्नातकोत्तर तहमा अध्ययनरत ठगुन्ना विद्यार्थी माझ लोकप्रिय र स्थापित नेता मानिन्छन्। हाल उनी क्रान्तिकारीको सानोठिमी क्याम्पस इन्चार्ज रहेका छन्। कोषाध्यक्षमा क्रान्तिकारी कै कुमार मानन्धर(कविर) ले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रत्यक्ष तर्फका चार सदस्यमा क्रान्तिकारी र ३ सदस्यमा नेविसंघले उम्मेदवारी दर्ता गराएको छ। संयुक्त प्यानलवाट प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिनेमा फुर्वा छिरिङ् लामा, हस्तवहादुर खड्का, सुजिता कार्की, झरना कार्की, कुशल अधिकारी ,लंका वली, सुवास पौडेल रहेका छन्।

त्यस्तै समानुपातिक तर्फवाट नेविसंघले उपाध्यक्ष र क्रान्तिकारीले सहसचिव लिने समेत तय भएको सानोठिमी क्याम्पसका पुर्व स्ववियु सभापति रमेश खड्काले जानकारी दिए।

त्रिविको महत्वपुर्ण शैक्षिक केन्द्र मानिने सानोठिमी क्याम्पसमा २०६५ यताका ३ वटा निर्वाचनमा लगतार अखिल (क्रान्तिकारी) ले सभापति जित्दै आएको छ। यसअघि ०६५ सालमा बीरेन्द्र बस्नेत, ०७३ सालमा रमेश खड्का र ०७९ सालमा रेशमलाल श्रेष्ठ क्रान्तिकारीका तर्फवाट सभापति पदमा विजय हासिल गरेका थिए। ०६५ अघिका निर्वाचनमा भने सानोठिमी क्याम्पसमा अनेरास्ववियुको वर्चश्व रहेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर