यू–१९ साफ च्याम्पियनसिपः नहुने भयाे हाेम एण्ड अवे

काठमाडौं। साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा सार्बजनिक गरिएको ड्र अनुसार समूह बीमा नेपाल र भारत एकै समूहमा परेका छन्। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका छन् ।
साफ यू–१९ च्याम्पियनसिप फुटबल भारतको अरुणान्नचल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुदै छ ।
यसैबीच साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ।
दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ।
बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार गर्ने निर्णय गरेको छ।
साफलाई होम एन्ड अवेको आधारमा खेलाउने भनिएको धेरै भैसक्यो। तर साफले पुरानै सैलीलाई अगाडि बढाउने भएको छ।
प्रतिकृया दिनुहोस