मेसीको गोलः एटलान्टाविरुद्ध मायामीको जित

काठमाडौं । अमेरिकी सकर लिगमा विश्व नम्बर वान फुटबलर लियोनल मेसीको क्लब इन्टर मायामीले जित हात पारेको छ ।
नेपाली समय अनुसार आज विहान भएको खेलमा मायामीले सकर लिगमा एटलान्टा युनाईटेडलाई २–१ गोलले हराएको हो ।
खेलको पहिलो हाफमा एटलान्टाले ११ औं मिनेटमा गोल गरेर अग्रता बनाएको थियो । तर मायामीका लागि कप्तान लियोनल मेसीले २०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ८९औं मिनेटमा मायामीका लागि फाफा पिकाल्टले जोर्डी अल्वाको पासमा गोल गर्दै जित दिलाएका हुन् ।
जितसँगै सिजनका ४ खेल सकिँदा मायामी १० अंककासाथ शीर्ष स्थानमा छ ।
प्रतिकृया दिनुहोस