राजावादीहरूकाे सक्रियता, प्रचण्डले देउवा र प्रधानमन्त्री ओलीसँग गरे संवाद

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोमबार संवाद गरेका छन् ।
संवादका क्रममा प्रचण्डले गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै गठबन्धन सरकार जिम्मेवार भइ काम गर्न आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डको सचिवालयका स्वकीय सचिव गाेविन्द आचार्यका अनुसार उनले सरकारका कारण राजावादी सक्रिय भएकाले प्रतिपक्ष दलका माग सम्बोधन गर्न आग्रह गरेका छन् । ओली र देउवासँग प्रत्यक्ष, अप्रत्यक्ष संवाद गरी आवश्यक परे गणतन्त्रवादीहरु एक भएर जानुपर्ने उनले बताएका थिए ।
उक्त संवादका क्रममा प्रधानमन्त्री ओली र देउवाले सरकार परिणाममुखी काम निकाल्न प्रतिबद्ध भएको बताएका थिए ।
प्रचण्डका प्रमुख स्वकीय सचीव आचार्यका अनुसार अध्यक्ष प्रचण्डले संविधानको रक्षा, अग्रगमनका लागि माओवादी नेतृत्व गर्न तयार रहेको सन्देशका लागि संवाद सुरु गरेका हुन् ।
प्रतिकृया दिनुहोस