पूर्वविशिष्टलाई सुविधा बढाउनु गलत: मन्त्री पौडेल

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् ।

कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने व्यवस्था राख्न नहुने बताए । राज्यले उनीहरुलाई मानसम्मान गर्नु ठीक भए पनि सुविधा दिन नहुने मन्त्री पौडेलले बताए ।

नेपालगन्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा पनि उनले जोड दिए । 'मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ,' उनले भने ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।

बिरामीका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर