मोहन्याल गाउँ युवा परिषदको कार्यकारी उपाध्यक्षमा जैसी

कैलाली । सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको मोहन्याल गाउं युवा परिषदको कार्यकारी उपाध्यक्षमा युवा नेता प्रकाश जैसी नियुक्त भएका छन्। जैसी फागुन १० गतेको गाउं कार्यपालिका निर्णयबाट चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्।

युवा- विद्यार्थी आन्दोलनमा  क्रियाशील रहेका जैसी युवा नेतृत्व विकास र जागरणमा निरन्तर सक्रिय छन्। मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले जैसीले पालिका भित्रका युवाको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेका छन्। पाध्यक्ष जैसीले आफुले आफ्नो पालिका भित्रका युवाको समस्या पहिचान गर्दै समाधानका निमित्त पालिकासंगको समन्वयमा प्रयत्नशील रहने वताए।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा मैत्री स्थानीय सरकार निर्माणको अभियानमा परिषद निरन्तर क्रियाशिल रहेको वताए। बस्नेतले ७५३ वटैपालिकामा स्थानीय युवा परिषद गठन हुनुपर्नेमा जोड  दिएका छन्। वस्नेतले हालसम्म अढाई दर्जन वढि पालिकामा स्थानीय युवा परिषद गठन भइसकेको जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर