खम्बामा बाँधेर महिलामाथि निर्घात  कुटपिट

दाङ । दाङमा एक महिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट  गरिएको छ । कुटपिट गरेको भिडियो  सामाजिक सञ्जालमा  सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि घोराही उपमहानगरपालिका–११ मा  निर्घात कुटपिट गरिएको छ। श्रमिकको रूपमा काम गर्दै आएकी शिला नामकी महिलालाई  बिजुलीको खम्बामा बाँधेर स्थानीयले निर्घात कुटपिट गरेको सर्वजनिक भएपछि केही घटना लुकाउने प्रयासमा समेत लागेका स्थानीयले जनाएका छन्।

शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

शिलाले जीवनयापनका लागि  सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि  कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। 'यो घटना गाउँमै मिलाइएको रहेछ', अधिकारकर्मी खड्काले भनिन्, 'पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो।'

स्थानीयका अनुसार  राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय 'भद्रभलादमी' को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर