राजेन्द्र लिङदेनले भने: म राजावादी हुँ, कारबाही गरेर देखाउ

काठमाडौँ । प्रतिनिधि सभाको आईतबारको बैठकमा पत्तापक्ष र प्रतिपक्षी दलबीच चर्काचर्की भएको छ ।
विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण माग गर्दै आइतबारपनि प्रतिपक्षी दलले सदन अवरोध गरेपछि सांसदहरु आरोपप्रत्यारोपमा उत्रिएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपासहित दलले बैठकको सुरुवातमै उठेर सरकारको जवाफ मागेपछि सदन अवरुद्ध भएको थियो ।
सभामुख देवराज घिमिरेको बारम्बारको आग्रहपछि पनि प्रतिपक्षी सांसदहरुले अवरोध कायम राखेपछि नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सदन सञ्चालन हुनु पर्ने माग गर्दै आवाज उठाएका थिए । सो पछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच करिब १५ मिनेट चर्काचर्की चलेको थियो ।
चर्काचर्कीका बीच एक सांसदले जस्ले राजावादी हुँ भन्छ ऊ गणतन्त्र विरोधी भएकाले कारबाहीको माग गरे । लगत्तै अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपाका सांसदहरुले छाती पिट्दै आफूहरु राजवादी भएकाले कारबाही गरेर देखाउन चेतावनी दिएका थिए ।
सांसदहरुबीच थप चर्काचर्की सुरु भएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
प्रतिकृया दिनुहोस