रवीन्द्र र धवल शमशेर यसरी देखिए हत्कीमा

काठमाडौँ। प्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।
आइतबार उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्याउनका लागि लगिएको हो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा लैजाने बताइएको छ।
थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्रलाई हतकडी लगाइएको छ । धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
प्रतिकृया दिनुहोस