• २०८१ चैत २८ बिहीबार
  • Thursday, 10 April, 2025

कुलमानले भनेः यो सरकारले निष्काशन गरेपनि जनताको मनबाट हटेको छैन 

काठमाडौं । लामाे समय नेपाल विद्युत् प्राधिकरणमा काम गरेका र झण्डै ८ वर्ष यसकाे नेतृत्व गरेका निवर्तमान प्रबन्ध–निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर बिदा भएका छन् । सर्वाेच्च अदालतले पनि हिजाे अन्तरिम  आदेश नदिएपछि उनले प्राधिकरण फर्कने सम्भावना सकिएकाे ठहर गर्दै आफू चेपाङ समुदायमा बत्ती बाल्न खटिएको समयमा हतोत्साही र दुराशयका साथ पदबाट हटाएको दाबी गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भए पनि नेपाली जनताले आफूलाई आशीर्वाद दिएको बताए । आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।

कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उनको भनाइ छ । एक राष्ट्रसेवक कर्मचारीका पक्षमा संसद्को रोस्टममा समेत आवाज उठेको जनताले महसुस गरेकोमा उनले खुसी व्यक्त गरे ।

कुनै न कुनै हिसावले नेपाली जनताकाे सेवामा लाग्ने जानकारी गराएका उनले त्यसबारे अहिले नै निचाेडमा नपुगेकाे बताए । 

घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कारले नभई इमान्दार प्रयासले भएको बताएका छन् । उनले भने, ‘जलस्राेतकाे  धनी देशमा  करिब ८ वर्षअघि हिँउदमा १५ १६ घण्टा र वर्खामा पनि  ९ घण्टासम्म लोडसेडिङ हुनु आम विषय जस्तै थियो । लोडसेडिङ सदाको लागि विदा गरि देशलाई उज्यालो बनाउने अभियानसँगै घरर कार्यालय मात्र होइन बैशाख २०७५ देखि आद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो । लोडसेडिङ कुनै चमत्कार होइन, एउटा इमान्दार प्रयास थियो भनेर मैले धेरै पटक भनेको छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर