६ जिल्लाका सिडिओको सरुवा, काे कहाँ पुगे ?

काठमाडाैं । सरकारले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरूवा गरेकाे छ ।
गृहमन्त्री रमेश लेखकले उनै निर्वाचित भएकाे कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाए । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ।
कञ्चनपुर, स्याङ्जा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो।
कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल, प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेदप्रसाद खरेल, स्याङ्जामा ईश्वरीप्रसाद अर्याल, लमजुङमा माधवप्रसाद खरेललाई खटाइएको छ ।
दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ।
कञ्चनपुरका नारायणप्रसाद सापकोटा, स्याङ्जाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ।
प्रतिकृया दिनुहोस