आईपीएलः लखनउको जित, मुम्बई संकटमा

काठमाडाैं । दिग्वेश राठीले सानदार बलिङ गरेपछि लखउन सुपर जायन्ट्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ । पाँच पटकको विजेता मुम्बईको चार खेलमा यो तेस्रो हार हो । लखनउ ४ खेलमा दोस्रो विजय हात पार्दै छैटौं स्थानमा उक्लेको छ ।
लेग ब्रेक बलर राठीले ४ ओभरमा २१ रनमात्र खर्चेर १ विकेट लिएपछि २ सय ४ रनको लक्ष्य पाएको मुम्बईले ५ विकेट गुमाई १ सय ९१ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा विजयका लागि २२ रन चाहिने अवस्थामा मुम्बईका कप्तान हार्दिक पाण्ड्ये र मिचेल सान्टनरले अभेष खानको ओभरमा ९ रनमात्र जोड्न सके ।
हार्दिक १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर २८ रनमा अविजित रहे । सूर्यकुमार यादवले ४३ बल खेलमा ९ चौका र १ छक्काका साथ ६७, नमन धिरले २४ बलमा ४ चौका र ३ छक्कासहित ४६ रन बनाए । तिलक बर्माले २३ बलमा २५ रनमात्र बनाउन सकेको अवस्थामा मुम्बईले उनलाई ७ बल अगाडि रिटायर्ड आउट गर्दै सान्टनरलाई पठाएको थियो । सान्टनर २ बलमा २ रन बनाई अविजित रहे ।
यसअघि हार्दिकले ५ विकेट लिए पनि टस हारेर ब्याटिङमा आएको लखनउले ८ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । ओपनरद्वय मिचेल मार्सले ३१ बल खेल्दै ९ चौका र २ छक्कासहित ६० र एडेन मारक्रमले ३८ बल खेल्दै २ चौका र ४ छक्कासहित ५३ रन बनाए ।
निकोलस पूरन १२, ऋषभ पन्त २, आयुष बदोनी १९ बलमा ३० र डेबिड मिलर १४ बलमा २७ रन बनाई आउट भए । हार्दिक पाण्ड्येले ४ ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए ।
प्रतिकृया दिनुहोस