रियल हारेको फाइदा उठाउन चुक्यो बार्सिलोना

काठमाडौं । पछिल्लो खेलमा उपाधि होडमा रहेको रियल मड्रिड भ्यालेन्सियासँग २–१ गोलले पराजित भएको थियो ।
यसको प्रष्ट फाइदा उठाएर शीर्ष स्थानमा रहेको बार्सिलोनाले अग्रता बढाउन सक्दथ्यो । तर गएराति रियल बेटिसविरुद्धको खेलमा बार्सिलोना पनि बराबरीमा रोकियो । र जम्मा एक अंक मात्रै थप्यो ।
बेटिस विरुद्धको खेलमा अग्रता भने खेलका ७औं मिनेटमा नै गोल गरेर लिएको थियो । बार्साका लागि फरान टोरेजको पासमा गाभीले गोल गरेका हुन् । तर १७औं मिनेटमा बेटिसले बराबरी गोल फर्कायो ।
अंक तालिकामा बार्सिलोना ३० खेलमा ६७ अंंकसहित शीर्ष स्थानमा छ । रियल भने समान खेलमा ६३ अंकसहित दोस्रो, एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ५७ अंंकसहित तेस्रो स्थानमा छ ।
प्रतिकृया दिनुहोस