• २०८१ चैत २५ सोमबार
  • Monday, 7 April, 2025

एनएसएल : काठमाडौँलाई स्तब्ध बनाउँदै पोखराको पहिलो जित  

काठमाडाैं । एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २–० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ।

सातौं मिनेटमा काठमाडौंले पनि सुनौलो मौका गुमायो । जिलेश्पी जङ्ग कार्कीको थ्रु पासमा भिन्सेन्ट कोजिएलोले अफ साईड ट्रयाप बिट गर्दै दिएको पासमा मोहम्मद बुया टुरेको प्रहारलाई पोखराका गोल रक्षक प्रिसोले ब्लक गरे । रिबाउन्डमा अमसडो डियोपको प्रहारलाई गोल लाइन नजिकैबाट डिफेन्डरले बचाए ।

२२ औं मिनेटमा पोखराको प्रयासमा गोलरक्षक अभिषेक बराल बाधक बने । कप्तान आयुष घलानको पासमा मार्की खेलाडी समिर तामाङको प्रहारलाई गोल किपर अभिषेकले उत्कृष्ट बचावट गरे ।

पदम भट्टराईले थ्रो इन गरेको बलमा साइडोस्टन जाफारोले बललाई कन्ट्रोल गर्दै दिएको क्रसमा स्टेफन समिर बिनोङको हेडर सुन्दर गोलमा परिणत भयो । पोखराले १-० को अग्रता बनायो ।

काठमाडौ दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । यता ५८ औं मिनेटमा पोखराले अग्रता बढायो । आयुषले डिफेन्डरलाई बिट गर्दे दिएको क्रसमा सुदिल राईको प्रहार काठमाडौंका अलिजोन अलिजोनोभलाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो ।

२-० ले पछि परेको काठमाडौंले खेलको ८५ औं मिनेटमा गोल गर्ने मौका खेर फाल्यो ।

यसअघि पोखरा चितवन र ललितपुरसँग पराजित भएको थियो।

पहिलो जितसँगै प्लेअफको सम्भावना कायम रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताए। 

यसअघिका खेलमा आफ्नो टोलीले प्रशिक्षण गर्न नपाएको र आजको खेलमा आफ्नो योजना सफल भएको उनको प्रतिक्रिया छ।

काठमाडौ पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर एफसी सिटीसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने झापा एफसीसँग गोल रहित बराबरीको नतिजा निकालेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर