प्रचण्डले पासाङ उपाध्यक्ष बनाउनुकाे अर्थ र सन्देश

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । उनले याे मनाेनयनसंगै नेपाली राजनीतिमा प्रष्ट २ सन्देश दिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिए ।
यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् ।
याे पनि...
- पासाङलाई प्रस्ताव गरेर प्रचण्डले प्रहार गरेका 'दुई तीर
पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेको चर्चा भएको थियो । तर, सर्वत्र आलोचना भएपछि उनलाई जिम्मेवारी दिने प्रचण्डको चाहना स्थगित हुँदै आएको थियो । गत उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए ।
गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए । उक्त बैठकमा पासाङलाई पार्टीमा जिम्मेवारी दिने विषयमा कैयन केन्द्रीय समिति सदस्यहरूले असहमति समेत राखेका थिए । सोही असहमति र पार्टिभित्रको आन्तरिक समीकरण मिलाउन पासाङलाई पदाधिकारीमा नल्याएका प्रचण्डले हाल आएर भने उपाध्यक्ष बनाएका हुन् ।
तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए ।
संसदीय राजनीतिमा लागेका उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए ।
बाहिरिएपछि घरमा आराम गरिरहेका पासाङलाई प्रचण्डले नै राजनीतिमा निम्त्याएको नेताहरु बताउँछन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पुरानो आफ्नै टिम छ तर निर्णायक छैन । मोहन बैद्यतिर गएर फर्किएर आएका पम्फा भुषाल, देव गुरुङ लगायतको पनि सानो टिम छ, तर त्यो प्रचण्डसँगै जोडिएर अघि बढिरहेको छ । अन्यथा प्रचण्ड र उनको वरपर गोलबन्द भएको शक्ति नै सबैभन्दा प्रभावकारी देखिन्छ । तर यदी उपमहासचिवद्वय पुन र शर्मा मिल्ने हो भने अध्यक्ष प्रचण्डलाई बलियो धक्का दिन सक्दछन् । कुनै बेला तत्कालिन नेताहरु मोहन बैद्य, बाबुराम, बादल र नारायणकाजीसमेत लागेर धोवीघाट गठबन्धन गर्दै प्रचण्डलाई एक्ल्याएका थिए । त्यसैका आधारमा बाबुराम प्रधानमन्त्री पनि बनेका थिए । तर प्रचण्डले त्यो गठबन्धन केहीसमय भित्रै विघटन गराउन सफल भए ।
अहिले पनि उपमहासचिव द्वय मिल्दा सृजना हुनसक्ने अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै पासाङ मार्फत शक्ति सन्तुलन गर्न खोजेको रुपमा माओवादी नेताहरु ब्याख्या गर्दछन् । पासाङलाई अघि सार्नेदेखि, महरालाई सक्रिया राजनीतिमा फर्काउने, नेत्रविक्रम चन्दको नेकपा र माधवकुमार नेपालको एकीकृत समाजवादीसँग एकता गर्ने जस्ता विकल्प पनि अध्यक्ष प्रचण्डले अघि सारेका छन् । जे होस यसपाली पासाङलाई अघि राजनीतिमा ल्याउनुको कारण शक्तिका रुपमा उदाइरहेका उपमहासचिवद्वयलाई सन्तुलनमा राख्नु हो भन्ने बुझाई छ ।
एमालेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि राजनीतिक मूलधारमा फर्काउने पर्ने चर्चा चलिनै रहेको छ । उनले आफ्ना गतिविधिहरुसमेत राजनीति लक्षित गरिरहेकी छन् । उता एमाले अध्यक्ष ओलीले भने त्यसको आलोचना गरेका छन् । प्रचण्डले माओवादीमा पासाङलाई निम्ता दिनुको अर्को कारण राष्ट्रपति विद्या भण्डारीलाई पनि एमालेको नेतृत्वमा र अन्ततः कम्युनिष्ट एकताको वातावराण बनाउनु रहेको कतिपयको बुझाई छ ।
पूर्व उपराष्ट्रपति पासाङको आगामनले पूर्व राष्ष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आगमनको बाटो खुल्ने प्रचण्डको विष्लेशण हुनसक्ने कतिपय एमालेका नेताहरुको बुझाई छ । अर्को एउटा सत्य के हो भने, केपी ओलीसँग भन्दा विद्या भण्डारीसँग प्रचण्डको सम्बन्ध निक्कै राम्रो छ र एमाले आन्तरिक राजनीतिमा भण्डारीको पकड पनि ओलीभन्दा उत्तिकै बलियो छ । अझ कतिपयले ले ओलीले विद्याकै गुटको नेतृत्व गरेको मात्रै हो भन्ने गर्दछन् ।
प्रतिकृया दिनुहोस