• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

कुलमान हटाउन भूमिका खेलेका सचिव आचार्यलाई  राज्यमन्त्रीले सोधे २४ घण्टे स्पष्टीकरण 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउन भूमिका खेलेका ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव सुरेश आचार्यलाई राज्यमन्त्री पूर्णबहादुर तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका छन् । राज्यमन्त्री तामाङ भने कुलमान हटाउन नहुने पक्षमा थिए ।

गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रम सञ्चालकले  आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरेको भन्दै आफू अतिथि रहेको कार्यक्रममा बहिस्कार गरेकाले आचार्यलाई स्पष्टीकरण सोधिएको हो । 

'राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?' स्पष्टीकरणमा सोधिएको छ । 

'तपाईँले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?  २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छ', पत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर