• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

प्रसाईंलाई १२ दिन म्याद थपेर थप अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । काठमाडौंको तीनकुनेमा वितण्डा मच्चाएर भारत भागेका राजावादी अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले थप अनुसन्धान गर्न १२ दिनको समय पाएको छ । जिल्ला अदालत काठमाडौंमा पेश गरिएका प्रसाईंलाई १२ म्याद थपेर अनुसन्धान गर्न लागिएको हो । 

न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ। 

भारतीय प्रहरीले असाममा समातेर उनलाइ नेपालकाे सीमा क्षेत्रमा नेपाल प्रहरीलाइ बुझाइएकाे थियाे ।

प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ । प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । 

उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै तोडफोड, लुटपाट र आजगानीका घटना भएका थिए । 
सरकारले प्रसाइलाइ विभिन्न ३ मुद्दा लगाउने तयारी गरेकाे छ । 

उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशम्शेर राणासहितलाई संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। 

‘दुर्गा प्रसाईंको खोजीमा गएका नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेका थिए, भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिन सफल भएको हो,’ नेपाल प्रहरीका उच्च अधिकारीले भने। प्रसाईं पक्राउ परेपछि गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, विशेष व्यूरो प्रमुख डिआइजी सिद्धिविक्रम शाहबिच आकस्मिक बैठक बसेको थियो।  

उनलाई नेपाल ल्याएर आजै काठमाडौं जिल्ला अदालतमा पस गरी अनुसन्धानका लागि समय लिने तयारी भइरहेको छ। काठमाडौं ल्याएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा पेस गर्नेछ।

उनीमाथि तीनकुनेमा भएका हिंसात्मक घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। उनीमाथी ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्तिको तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी, ड्यूटीमा रहेका प्रहरीमाथि आक्रमण, संगठित अपराधमा अनुसन्धान हुने भएको छ। नेपाल ल्याएपछि प्रसाईंलाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।  

राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए। अर्बौँको सम्पत्ति तोडफोड, आगजनी र लुटपाटबाट भएको थियो।  

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्याएका थिए।

घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन्। कमाण्डर घोषित प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ। प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर