• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

आत्मघाती गोल उपहार पाएपछि सेमिफाइनल पुग्याे बार्सिलोना, पीएसजी पनि अढ्याे अघि 

काठमाडौं । जर्मन क्लब बाेराेसिया डर्टमन्डसँग दोस्रो लेगमा पराजित भएको बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

गएराति भएको खेलमा बार्सिलोना ३–१ गोलले पराजित भएको थियो। एक गोल पनि डर्टमन्डबाटै आत्मघाती गोल भएको थियो।

पहिलो लेगमा बार्सिलोनाले घरेलु मैदान डर्टमन्डविरूद्ध ४ गोल हानेको थियो। पहिलो लेगको उक्त स्कोरका कारण दोस्रो लेगमा पराजित भए पनि बार्सिलोना एग्रिगेटमा ५–३ गोलले विजयी हुँदै सेमिफाइनल पुगेको हो।

गएराति डर्टमन्डको घरेलु मैदानमा विजयी हुँदा सेरहाउ गुइरासीले ह्याट्रिक गरे।

उनले  ११ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। त्यसपछि ४९ मिनेट र ७६ मिनेटमा उनैले गोल गरे। रामी बेन्सबेइनीले ५४ मिनेटमा आत्मघाती गोल गरेका थिए।

गएराती नै भएको खेलमा एस्टन भिल्लालाई एग्रिगेटमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको छ।

दोस्रो लेगमा भने पिएसजी २–३ गोलले पराजित भयो। पहिलो लेगमा ३(१ गोलले एस्टन भिल्ललाई पराजित गरेको थियो।

आज रियल मड्रिड र आर्सनल तथा इन्टर र वायर्न म्युनिखले पनि दोस्रो लेग खेल्दैछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर