सर्वाधिक विजेता रियल र वार्यन म्यूनिख च्याम्पियन्स लिगबाट आउट

काठमाडौं । च्याम्पिसयन्स लिगको जारी प्रतियोगिता रोचक मोडमा पुगेको छ ।
सर्वाधिक धेरै यो लिग जित्ने स्पेनिस रियल मड्रिड आर्सनलसँग पराजित हुँदै बाहिरिएको छ । अर्को जर्ममन पावर हाउस वार्यन म्युनिख इटालियन इन्टर मिलानसँग पराजित हुँदै बाहिरिएको छ । मिलान र आर्सनल अघिल्लो चरण प्रवेश गरेका छन् ।
बायर्न म्युनिखसँग बुधवार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।
खेलमा दुवै टोलीले लिएको अग्रतालाई जोगाउन सकेन। ह्यारी केनको गोलबाट बायर्नले ५२ औं मिनेटमा अग्रता बनायो। ५८ औं मिनेटमा लाउटुरे मार्टिनेजले बराबरी गोल गरे।
त्यसको ३ मिनेटपछि बेन्जामिन पाभार्डको गोलमा इन्टर अघि बढ्यो । त्यो अग्रता पनि लामो समय रहेन । ७६ औं मिनेटमा डियरले बराबरी गोल गरे।
अर्को खेलमा रियल म्याड्रिडलाई २-१ ले हराउँदै समग्रमा ५-१ को अग्रतासहित आर्सनल सेमिफाइनल पुगेको छ।
पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिकृया दिनुहोस