सञ्चारिका समूहको अध्यक्षमा पन्थी विजयी

काठमाडाैँ । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छन् । शुक्रबार भएको समूहको नवाैँ महाधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षमा पन्थी निर्वाचित भइन् ।
निर्वाचन समितिका संयोजक शिव गाउँलेका अनुसार कमला पन्थीले १४९ मत ल्याइन भने प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत प्राप्त गरिन ।
महाचसिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी हुन् ।
सचिवमा उर्बसी बस्न्यात १०७ मतसहित विजयी हुँदा नुनुता राइले १०३ मत प्राप्त गरिन ।
कोषाध्यक्षमा साजना तामाङले १२० मतसहित विजय प्राप्त गर्दा मन्जिमा ढकालले १०५ प्राप्त गरिन ।
सदस्यहरूमा कल्पना शर्मा १८२, कालिका शिवाकोटी १४४, तारा चपागाइ १११, दीपा रेग्मी ११६, देवी सापकोटा ११०, विष्णु पन्थी १३७ र सम्झना बन ११५ मतसहित विजयी भए ।
प्रतिकृया दिनुहोस