• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

युक्रेनसँगको युद्धमा रुसद्धारा युद्धविराम घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । पुटिनका अनुसार इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्नेछ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोही अनुसार कदम चाल्ने अपेक्षा गरेका छन् ।

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् ।

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै सैन्य अभियान रोक्ने बताइएको छ । विश्व युद्धराम निर्णयबारे युक्रेनी पक्षको प्रतिक्रिया भने आइसकेको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर