• २०८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025

ओलीले पन्तलाई बनाए शिक्षा मन्त्री

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको जानकारी दिए। उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन्।  

शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो। 

पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन्।

ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए। माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए। 

पन्तले भोलि (बिहीबार) सपथग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। स्वास्थ्यको कारण देखाउँदै भट्टराईले गत सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएकी थिइन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर