कुलमानलाई समर्थन गरेका ऊर्जाराज्यमन्त्रीलाई पनि पनि ओलीले गरे बर्खास्त

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साथ लिएका ऊर्जाराज्यमन्त्रीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई ओलीले बर्खास्त गरेका हुन् ।
बुधबार दिउँसो प्रधानमन्त्री ओलीले तामाङलाई बर्खास्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
यसअघि मन्त्रालयका कामकारबाहीमा सहयोग नगरेको भन्दै तामाङमाथि मन्त्री दीपक खड्काले पटक-पटक आरोप लगाउने गरेका थिए ।
तामाङले मन्त्री खड्काविरुद्ध कडा अभिव्यक्ति लिएका थिए।
प्रतिकृया दिनुहोस