• २०८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025

नेपाल आईपुगेपछि राणाले भनिन्ः सरकार ढल्ने कुराले छक्क परेका छौं

काठमाडौं । एक साता लामो बैंकक भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसहितको टोली आज स्वदेश फर्किएको छ ।

यसबीचमा नेपालमा सरकार ढल्ने कुराको चर्को चर्चा भएको थियो ।

त्यसबारे मन्त्री आरजु राणाले प्रतिक्रिया दिएकी छन् भने सभापति शेरबहादुर देउवा मिडिया फेस नगरिकन विमानस्थलबाट बाहिरिएका छन् । 

विमानस्थलमा परराष्ट्र मन्त्री आरजु राणाले सरकार अहिले सरकार परिवर्तन नहुने बताएकी छन्।

थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाले सरकार परिवर्तन सम्बन्धीका समाचारहरू देखेर आफूहरू छक्क परेको पनि बताइन्।

‘समाचारहरू आउने गर्छ, सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार त परिवर्तन हुँदैन,’ मन्त्री राणाले भनिन्, ‘हामी पनि आफै छक्क पर्‍यौं, हिजो न्युजहरू हेर्दा। यसबारेमा हिजो बेलुकी सभापतिज्यू र प्रधानमन्त्रीज्यूबीच टेलिफोनमा कुराकानी पनि भएको छ, यस्तो केही पनि छैन।’

सरकार परिवर्तनबारेका समाचारहरू आइरहेको सन्दर्भमा प्रधानमन्त्री र सभापतिले के हो यो विषय भन्नेमा चासोसहित कुरा गरेको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर