• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

धितोपत्र बोर्ड पछि गभर्नरले ढाल्दै सरकार

काठमाडौं । नियुक्तिको विषयमा कुरा नमिल्दा धमाधम सरकार ढल्ने र बन्ने क्रम बढेको छ । २०७९ सालको निर्वाचन पछि ४ पटक सरकार पुनस्गठन भैसकेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी मिलेर चनाव लडेका थिए । तर नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पहिले आफू प्रधानमन्त्री बन्ने बताएपछि देउवालाई धोका दिदै पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर सरकार बनाएका थिए ।

सभामुख एमालेले पाएपछि राष्ट्रपति समेत एमालेले नै दाबी गरेको थियो । राष्ट्रपति एमालेलाई दिन नसकिने भन्दै प्रचण्डले नेपाली काँग्रेसलाई राष्ट्रपति दिदै पुन सरकार बदले । राष्ट्रपति नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई बनाएपछि राष्ट्रिय सभा अध्यक्षको विषयमा काँग्रेस र माओवादीबिच विवाद चर्कियो ।

यसपछि राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिनेगरी पुनस्एमालेसँग नै गठबन्धन भयो । एमालेसँग गठबन्धन भएको केहि महिनामै धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको विषयले एमाले माओवादीबिच दरार सृजना गर्यो । बोर्ड अध्यक्ष नियुक्तिमा पाँच अर्ब रुपैयाँको चलखेल बिचौलियाहरुले गरेको आरोपपछि कहिले काँग्रेस कहिले एमालेसँग मिलिरहेका माओवादी एक्लियो र सत्ताबाट बाहिरियो ।

काँग्रेस-एमाले मिलेर बनेको अहिलेको सरकारमा पनि नियुक्तिको विषयलाई लिएर चर्को विवाद सुरु भएको छ । अहिले अर्थमन्त्री र प्रधानमन्त्री नेकपा एमालेकै छन् । तर अर्थ मन्त्रालय मातहतको नियुक्तिहरुमा एमालेले काँग्रेसलाई सघाईरहेको छ । धितोपत्र बोर्ड अध्यक्ष, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज नेपाली काँग्रेस निकट व्यक्तिहरुले नियुक्ति लिइसकेका छन् । अहिले नेपाली काँग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर आफूलाई चाहिने भन्दै स्पष्ट अडान राखेको छ । तर एमाले भने अब सबै नियुक्ति नेपाली काँग्रेसलाई दिन नसकिने भन्दै विवाद गरेर बसिरहेको छ ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र बैंक गभर्नर आफूले नपाए ‘सरकार आफ्नो बस’मा नभएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिदै थाइल्याण्ड प्रस्थान गरेका छन् । सभापति देउवासहित सरकार फेरबदल गराउन केहि बिचौलियाहरु पनि थाइल्याण्ड पुगेको जानकारी एमालेले प्राप्त गरेपछि सरकार ढल्ने निष्कर्षमा एमाले नेताहरु पुगेका छन् ।

देउवालाई अघि बढ्न काँग्रेस नेताहरुको दबाब

नेपाली काँग्रेसका दोस्रो तहका नेताहरु अहिले नै प्रधानमन्त्री बन्न शेर बहादुर देउवालाई दबाब दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि सत्ता छाड्नेमा शंका व्यक्त गर्दै अहिले प्रधानमन्त्री बन्ने उपर्युक्त समय भएको भन्दै दबाब बढाइरहेका छन् । काँग्रेसका एक नेताले भने, “प्रधानमन्त्री ओलीले अहिले दिनदिनै १५ महिनापछि प्रधानमन्त्री काँग्रेसलाई दिन्छौं, भनेर भनिरहेका छन् । तर उनलाई विस्वास गर्ने आधार छैन, यो देशमा कम्युनिष्टहरु कतिबेला मिल्छन् भन्ने कुनै टुङगो हुँदैन, यसमा सभापति देउवा स्पष्ट छन् ।”

थाइल्याण्ड भ्रमण पारिवारिक मात्रै नभएको ती नेताले दाबी गरे । ती नेताका अनुसार गभर्नर र सत्ता समिकरणको विषयमा पनि समापति देउवाले सम्भावित रणनिति बनाउनेछन् । काँग्रेसले नेतृत्व गर्ने अहिले उपयुक्त बेला भएको ती नेताको दाबी छ । ती नेताले थपे, “यदी हामीले एमालेलाई १५ महिना कुर्यौं भने माओवादी सहितका दलहरुले ओलीलाई थप प्रधानमन्त्री बन्न प्रस्ताव गर्नेछन्, यसको काउन्टर प्लानका लागि हामीले पुनस् प्रचण्डलाई नै प्रधानमन्त्री बन्न अफर गर्नुपर्ने हुन्छ । यसरी नेपाली काँग्रेसले नेतृत्व नै नलिई समय घर्किन सक्छ । ”  ती नेताका अनुसार यदी २०८४ को चुनावमा कम्युनिष्टहरु एक भए भने नेपाली काँग्रेसलाई निक्कै असहज हुनेछ । यसरकारण २०८४ को चुनाव अघिसम्म कम्युनिष्टहरुलाई मिल्न नदिनु काँग्रेसको मुख्य उदेश्य हुन्छ ।

देउवालाई ६० सासंदको प्रतिबद्धता

सभापति देउवालाई तत्काल प्रधानमन्त्री बन्न ६० भन्दा बढि सासंदको प्रतिबद्धता प्राप्त भएको छ । नेकपा माओवादी, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका ६० भन्दा बढि सासंदले समर्थन गर्ने प्रतिबद्धता प्राप्त भएको छ । हाल नेकपा माओवादीसँग ३२ सिट,नेकपा एकिकृत समाजवादीसँग १०, रास्वपासँग २१ सिट छ । यी तीन दलको कुल संख्या ६३ हुन्छ । यसमा नेपाली काँग्रेसको ८७ सिट मिलाउँदा १५० सिट पुग्छ ।

सरकार गठनका लागि १३८ सिट भए पुग्छ । स्रोतका अनुसार नेपाली काँग्रेसलाई तीनै दलको प्रतिबद्धता प्राप्त भैसकेको छ ।“प्रचण्ड जसरी भएपनि प्रधानमन्त्री ओलीलाई सरकारबाट निकाल्ने योजनामा छन्, यसमा समाजवादीको पनि समर्थन छ, देउवालाई प्रधानमन्त्री बनाउन रास्वपाले सहयोग गर्नेछ ।”

पछिल्लो समय रास्वपासँग काँग्रेसको सम्बन्ध सुधार हुँदै गएको छ । काँग्रेस र माओवादीका दोस्रो तहका नेताहरु निरन्तर संवादमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर