• २०८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025

इतिहास रच्दै ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको उपाधि जितेको छ । आज साँझ दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि रक्षा गरेको हो । 

ललितपुर यसअघिको संस्करणको पनि बिजेता थियो। उसले लगातार दुइ सिजन उपाधि जितेर इतिहास बनाउन सफल भएकाे हाे ।

ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे।  

तेस्रो संस्करण सकिंदा दुई पटक उपाधि जितेको ललितपुर एनएसएलको सर्वाधिक सफल र ठूलो टोली बनेको छ।

खेलको २३ औं मिनेटमा पोखराका सुदिल राईको क्रस ललितपुरका डिफेन्डरलाई लागेर रिबाउन्डमा आएको बललाई कप्तान आयुष घलानले बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लिन सकेन्।

२७ औं मिनेटमा पोखरा फेरि चुक्यो। जो आइडोको फ्रि-किकमा स्टेफन समिर बिनोङको पावरफुल सट पोष्ट नजिकैबाट बाहिरियो।

३४ औं मिनेटमा आयुषले दिएको थ्रु-पासमा स्ट्राइकर बिनोङले प्रहार गर्नपर्ने बललाई कन्ट्रोल गर्न खोजे। ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले सो बललाई क्लियर गरिदिए।

पोखराको निरन्तरको प्रयास सफल हुन सकेन् । यता ललितपुरले ४२ औं मिनेटमा अग्रता बनायो। मनोज राईको क्रसलाई होलकिपर प्रिसोले जम्प गरेर पन्च गर्न खोजे। तर उनी सफल नहुँदा इमोह इजाकियलको गोल गरे। पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो।

खेलको ६१ औं मिनेटमा इमोहले तीन डिफेन्डरलाई छल्लाउँदै हानेको पावरफुल सट पोष्टमा लागेर फर्कियो।

खेलको ६३ औं‌ मिनेटमा पोखराले खेललाई १-१ को बराबरीमा पुर्यायो पदम भट्टराईको क्रसमा स्टेफन समिरको हेडरलाई ललितपुरका गोल किपर जेफ्री बाल्टसले ब्लक गरे। तर रिबाउन्डमा क्लोज रेन्जबाट गोल गर्न सफल रहे। खेल १-१ को रोमाञ्चक मोडमा पुग्यो।

खेलको ७४ औं मिनेटमा पोखराका डिफेन्डरहरूले क्लियर गर्ने नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट सहज गोल गरे।

पोखराले एलिमिनेटर खेलमा एफसी चितवनलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो। ललितपुरले भने पहिलो क्वालिफायरमा धनगढीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

ललितपुरले उपाधिसहित ८० लाख र पोखराले ३० लाख रुपैयाँ पाउनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर