• २०८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025

रोचक भिडन्तमा रियललाई हराउँदै बार्सिलोनाले हत्यायो कोपा डेल रेको उपाधि

काठमाडौं । स्पेनका चिर प्रतिद्धन्दी रियल मड्रिड र बार्सिलोनाबीच कोपा डेल रेको उपाधिका लागि गएराति रोचक भिडन्त भयो ।

१२० मिनेटसम्म चलेको भिडन्तमा ३–२ गोल अन्तरले बाजी भने बार्सिलोनाले मार्यो । खेलमा अधिकाँश समय, पकड र आक्रमण बार्सिलोनाले नै गरेको हुनाले उ जितको हकदार पनि थियो । 

यो सिजन बार्सिलोनाको यो दोस्रो उपाधि हो । यस अघि उसले सुपर कपको उपाधि पनि जितेको थियो । 

सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा निर्धारित ९० मिनेटको २–२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो हाफ रियलले आशालग्दो कमब्याक गरेको थियो । 

बार्साका लागि खेलको २८औं मिनेटमा लामिन यामलले मिलाइदिएको आकर्षक पासमा पेड्रीले गोल हानेका हुन् । 

रियलले खेलको ७० र ७७औं मिनेटमा एम्बाप्पे र चुवामेनीले गोल गरेपछि अघि बढेको थियो । 

तर खेलको ८४औं मिनेटमा फेरान टोरेजले गोल गरेर खेल बराबरीमा लगे ।

त्यसपछि थपिएको ३० मिनेटमा बार्सिलोनाले एक गोल थप्यो । फ्रान्सेली डिफेण्डर कुण्डेले रियालको गल्तीको फाइदा उठाउँदै ११६औं मिनेटमा आकर्षक गोल हानेपछि रियलको पहिलो उपाधि जित्ने सपना तुहिन पुग्यो ।

खेलको अन्तिम समयतिर विवाद हुँदा रियलका एन्टोनियो रूडिगर, लुकास भाजक्वेज र ज्युड बेलिंघम रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

जारी सिजनमा २ उपाधि जितिसकेको बार्सिलोना स्पेनिस लिगमा पनि शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि उसको सम्भावना बलियो छ । बाँकी दुई प्रतियोगितामा पनि उपाधि जित्न सके बार्साका लागि यो निककै सुखद सिजन हुनेछ । 

मेसीले बार्सिलोना छोडेपछि उसले दुई वा तीन उपाधि अहिलेसम्म जित्न सकेको छैन । 

उता रियल भने यस सिजन उपाधिविहिन हुने भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर