सर्वाेच्चले दिएकाे म्यादसमेत गुज्रन लागेपछि शिक्षक आक्रामकः प्रहरी हस्तक्षेपका कारण ७ घाइते

काठमाडौँ । सर्वाेच्च अदालतले दिएकाे म्यादसमेत गुज्रन लागेपछि झण्डै एक महिनादेखि सडकमा शान्तिपूर्ण रूपमा रहेका शिक्षक थप आक्रमक देखिएका छन् । काठमाडौँको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ।
शिक्षकहरूले आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडि बढ्ने प्रयास गरेपछि झडप भएको काडमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ। त्यसबाट ७ जना शिक्षक घाइते भएको पनि एसपी बोहराले बताए। घाइतेको अरू विवरण संकलन गरिरहेको र केही प्रहरीलाई पनि चोट लागेको उनले बताए।
एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले स्थिति सामान्य रहेको पनि एसपी बोहराले बताए।
प्रतिकृया दिनुहोस