• २०८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025

कांग्रेस सांसद राई पक्राउबारे सभामुखले संसदलाई गराए जानकारी

काठमाडौं । सहकारी गठीमा लामो समयदेखि फरार रहेको भनिएकी नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य माया राई पक्राउबारे प्रतिनिधि सभा बैठकलाई जानकारी दिइएकाे छ । 

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् । 

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ । 

वैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट राईलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको समेत सूचनामा भनिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर