शिक्षा विधेयक एसका नेता सभापति रहेको समितिमा, माधव र झलनाथ सडकमा

काठमाडौं । झण्डै एक महिनादेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सडकमा रहेका बेला यो विषय झन पछि झन जकडिँदै गएको छ ।
सरकार शिक्षकका माग सम्बोधन गर्न आनाकानी गरिरहेको छ भने कुनै पनि हालतमा माग पूरा नभएसम्म रित्तो हात स्कुल नफर्कने अडानमा शिक्षकहरु छन् ।
शिक्षक आन्दोलनलाई लिएर सत्ता पक्षीय दल नेकपा एमाले एकातिर छ भने सरकारमै रहेको दल नेपाली कांग्रेसका अधिकाँश नेता र विपक्षी दलहरु शिक्षकको पक्षमा उभिएका छन् । कतिपय नेताहरु त सडकमै पुगेर शिक्षक आन्दोलनमा ऐकेवद्धता प्रदर्शन गरिरहेका छन् ।
विपक्षी दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल केही दिन अघि सडकमा पुगेका थिए । माओवादी केन्द्रका सांसद तथा युवा नेता माधव सापकोटा सडकमा पुगेर शिक्षकहरुसँगै नाचेका थिए ।
आज नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सडकमा पुग्ने भएका छन् ।
उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालबाट सो कुराको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा एक्यबद्धता जानाउन र सरकारले गरेको हेलचेक्र्याइ ,अपमान र दमनको बिरोध भोलि बैसाख १५ गते दिउँसो १२३० बजे हामी अध्यक्ष्य क माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौ ।’
उता माओवादी केन्द्रले सरकार आन्दोलनरत शिक्षकसँग वार्ता गर्नुको सट्टा घुसपेठ गराउने, फुटाउने र दमन गर्नेतिर लागेको आरोप लगाएको छ ।
आइतबार भएको घटनामा विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको छ । ‘सरकार शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ता गर्नुको सट्टा घुसपेठ गराउने, फुटाउने र दमन गर्नेतिर उद्दत देखिंदै छ भनी गरिएको आशंका पुष्टि भएको छ’, माओवादीको विज्ञप्तिमा उल्लेख छ ।
बहुमतको दम्भ र अहंकार त्यागी निकासका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्न पनि माओवादीले आग्रह गर्दै इमान्दारीपूर्वक वार्तामार्फत् शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन पनि माग गरेको छ ।
सत्ता पक्षीय एमालेका महासचिव शंकर पोखर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्र भएको बताएका छन् ।
आज काठमाडौंमा भएको शिक्षकहरूको प्रदर्शनमा भएको उत्श्रृङ्खल गतिविधि प्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वहरूको चलखेलले आज दुःखद अवस्था सिर्जना भए जनाएका छन् । उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रतिकृया दिनुहोस