कैलालीमा माओवादीको खबरदारी सभाः कांग्रेस, एमाले र राप्रपाका नेता माओवादी प्रवेश

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको हुलकी राजमार्ग केन्द्रीत तराई मधेश खबरदारी सभा कैलालीमा पुगेको छ ।
टीकापुर नगर समितिद्वारा टीकापुर–९, झुङ्गामा आयोजित खबरदारी सभामा विभिन्न राजनीतिक दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।
उक्त सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का टीकापुर नगर अध्यक्ष प्रकाश अधिकारी, नेकपा (एमाले)बाट अर्जुन घतराज, शुशिल गुडिया, दुरा कुमारी भाट(अखिल नेपाल महिला संघ, प्रदेश कोषाध्यक्ष), नवराज श्रेष्ठ, कलम नेवार, नविन नेवार र अमर बम तथा नेपाली कांग्रेसबाट प्रकृति ढुंगाना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अध्यक्ष प्रचण्डसहितको हुलाकी राजमार्ग अभियान टिमले कैलालीको टिकापुर–८, धनसिंहपुरमा सहिद बेपत्ता परिवार, घाइते, अपाङ्ग तथा यातना पीडितहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ।
प्रतिकृया दिनुहोस