६ बलमा ६ बाउण्ड्रीः १४ वर्षका सूर्यवंशीले आईपीएलमा मच्चाए धमका

काठमाडौं । १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट शतकमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई हराएको छ। इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले हराएको हो।
जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले ४ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। गुजरातले दिएको २१० रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले १५.५ ओभरमा दुई विकेट गुमाउँदै २१२ रनसहित लक्ष्य पुरा गर्यो।
राजस्थानका लागि १४ वर्षीय उपनिर्वाटर वैभव सूर्यवंशीले उत्कृष्ट शतकीय पारी खेले। उनले ३८ बलमा सात चौका र ११ छक्कासहित १०१ रन बनाए।
उनले यशस्वी जैसवालसँग पहिलो विकेटका लागि १६६ रनको साझेदारी गरे। यशस्वीले ७० रनको अविजित पारी खेले। कप्तान रियान पराग ३२ रनमा अविजित रहे।
उनी आइपीएलमा सबैभन्दा छिटो शतक बनाउने पहिलो भारतीय खेलाडी हुन्। यस अघि क्रिस गेलले २०१३ मा ३० बलमा शतक प्रहार गरेका थिए। उनी आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी पनि हुन्।
गुजरातका लागि प्रसिद्ध कृष्ण र रसिद खानले १-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनाएको थियो।
गुजरातका लागि कप्तान शुभ्मन गिलले सर्वाधिक ८४ रनको पारी खेले। उनले ५० बलमा पाँच चौका र चार छक्का प्रहार गरे। अर्का ओपनर शाही सुदर्शनले ३९ रन बनाए वासिङ्टन सुन्दरले १३ रन बनाउँदा जोश बटलर ५० रनमा अविजित रहे। राजस्थानका लागि महेश थेक्सानाले सर्वाधिक २ विकेट लिए जोफरा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए।
गुजरात टाइटन्स ९ खेलमा ६ जितसहित १२ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ। गुजरातलाई हराएसँगै राजस्थान रोयल्सले भने १० खेलमा तीन जित निकाल्दै ६ अंक जोडेको छ।
प्रतिकृया दिनुहोस