सिनियर टिम अभ्यासमा सन्दीपको रातो र राेहितको निलाेको जित

काठमाडौं । दि कोर क्याम्प सिनियर अभ्यास म्याच नेपालमा सन्दीप लामिछाने नेतृत्वकाे राताे र राेहित पाैडेलकाे निलाे टिमले जित हात पार्दा दीपेन्द्रसिंहकाे पंहेलाे तथा आशिफ शेखकाे हरियाेले हार खाएका छन् ।
नीलोले नेपाल हरियोलाई ६४ रनले हराएको छ भने राताेले पंहेलाेलाइ ८ विकेटले पराजित गरेकाे छ ।
जितको लागि २ सय २३ रनको लक्ष्य पछाएको नेपाल हरियो ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।
ओपनर अर्जुन कुमाल १४ रनमा र इशान पाण्डे बिना कुनै रन आउट भए। २ विकेटको नोक्सानीमा टिमले ३६ रन मात्र बनायो। यसपछि आशिफ शेख र आकाश त्रिपाठीले तेस्रो विकेटको लागि ५५ रनकि साझेदारी गरे।
आशिफ ५६ रन जोडेर आउट भएपछि अन्य खेलाडी क्रिजमा जम्न सकेनन्। आकाशले ३७ रन र सोमपाल कामी अविजित २४ रनना रहे।
चार खेलाडी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन्। बलिङमा युवा बलर युवराज खत्रीले ९ ओभरमा २८ रन दिएर ४ विकेट लिए। कुशल मल्लले २ विकेट आफ्नो नाममा लेखाए।
यसअघि तल्लो मुलपानी मैदानमा नेपाल नीलोले टस जित्दै पहिले ब्याटिङ गर्यो। निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २९ रनको योगफल खडा गर्यो।
ओपनर अनिल कुमार शाह र सकिब हकले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरे। अनिल ३१ रनमा आउट भए।
लगतै सकिब १९ रनमा, कप्तान रोहित पौडेल मात्र ६ रनमा, प्रज्वल थापा ३ रनमा र कुशल मल्ल पनि १ रनमा आउट हुन पुगे। १ सय २० रन बनाउँदा नेपाल नीलोले ५ विकेट गुमायो।
तेस्रो क्रमका देव खनाल र सातौं क्रमका गुल्सन झाले छैटौं विकेटको लागि ५३ रनको साझेदारी गरे। ८३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै देवले टिमको लागि सर्वाधिक ७७ रनको इनिङ्स खेले। गुल्सनले ४२ रन जोड्दा करण केसीले २४ रन जोडे।
बलिङमा सागर ढकालले ९ ओभर बलिङ गर्दै २७ रन मात्र दिएर ३ विकेट लिए। रसिद खानले २ विकेट झारे।
उता पहिला ब्याटमा उत्रिएकाे पंहेलाेले जम्मा ४० अाेभर एक बल फाग्दै जम्मा १५८ रन बनाएकाे थियाे । जवाफी ब्याटिङमा उत्रिएकाे राताेले जम्मा २ विकेट गुमाएर लक्ष पूरा गरेकाे हाे ।
नयाँ प्रशिक्षक आएपछि क्यानले अघिल्लो म्याचको टिम छनोटका लागि आफ्नै टिमका बीचमा प्रतिस्पर्धा गराएका थिए ।
प्रतिकृया दिनुहोस